१३ पुस २०८२, आइतबार | December 29, 2025

म्याग्दीमा डेङ्गुको उच्च जोखिम

बेनी । केही दिन यता म्याग्दीमा डेङ्गुु र स्क्रब टाइफसको सङ्क्रमण फैलिएको छ । जिल्लाको बेनी अस्पतालमा उपचार गर्न आएका ६१ जनामा डेङ्गुको सङ्क्रमण भेटिएपछि रोग फैलिने खतरा बढेको अस्पतालले जनाएको छ । लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गुको सङ्क्रमण हालसम्म रघुगङ्गा गाउँपालिका, बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका र मङ्गला गाउँपालिकाका बिरामीमा पुष्टि भएको हो । जिल्लाको उच्च पहाडी क्षेत्रमा समेत…