बुटवल । बजारमा औषधि तथा मेडिकल सामाग्रीमा कालोबजारी भएको गुनासो सम्बोधन गर्न भन्दै तामझामका साथ बजार अनुगमनमा निस्केको टोली केहि मेडिकल पसलहरु अनुगमन गरेर सम्झाई बुझाई गर्दै रित्तो हात फर्केको छ । बजारमा सर्जिकल ग्लोभ (पञ्जा)को चरम अभावका साथै सर्जिकल मास्कमा मनोमानी मुल्य असुली र सेनेटाइजरको जथाभावी मूल्यमा बिक्रि वितरण भैरहेपनि अनुगमन टोली भने कसैलाई…