नेपालगन्ज । क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले बालबालिकाहरुका अभिभावकहरुसंग अन्तरक्रियात्मक कार्यशालाको आयोजना गरेको छ । नेपालगन्ज–१२ बेलासपुर स्थित क्रियटिभ चिल्ड्रेन होम मन्टेश्वरीले पहिलो पटक अभिभावकहरुसंंग आफ्नो विद्यालय परिसरमा यस किसिमको कार्यशालाको सम्पन्न गरेको हो । अभिभावकहरुलाई प्रारम्भिक बालविकासको परिचय, महत्व, अभिभावकको किसिम बारे जानकारी गराउने, अभिभावकहरुबाट आफ्ना बालबालिकाको जीवनमा आएको सकारात्मक परिवर्तनको बारेमा अनुभव आदान प्रदान…