पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कराँची स्टक एक्सचेन्च हमलाको दोष भारतलाई लगाएका छन् । गत सोमबार (२९ जुन)मा पाकिस्तानको आर्थिक शहर कराँचीस्थित कराँची स्कट एक्सचेन्ज भवनमा चार बन्दुकधारीले अन्धधुन्ध हमला गरेका थिए । पाकिस्तानी सुरक्षाकर्मीले प्रत्याक्रमण गरी बन्दुकधारीको हत्या त गरेका थिए तर भिडन्तमा दुई सुरक्षा गार्ड र एक पुलिस सबइन्पेक्टरको पनि मृत्यु भएको थियो ।…