१२ श्रावण २०८३, मंगलबार | July 29, 2026

कास्की र लमजुङमा छुट्टाछुट्टै स्थानमा आगलागी



गण्डकी । गण्डकी प्रदेशका कास्की र लमजुङका छुट्टाछुट्टै आगलागीका कारण भौतिक क्षति पुगेको छ ।

कास्कीको पोखरा महानगरपालिका-१३ कञ्चन टोलमा सुनीलप्रसाद घिमिरेको होमसेन्टर फर्निचर उद्योगमा आगलागी भएको गण्डकी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोली, स्थानीयवासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

आगलागीको कारण नखुलेको र घटनाका विषयमा थप अनुसन्धान भइरहेको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

लमजुङको मध्यनेपाल नगरपालिका-६ भोर्लेटारबाट रामबजारतर्फ जाँदै गरेको ग१त ५०९७ नं।को खाली ट्याक्टरमा आफैँ आगलागी भएको प्रहरीले जनाएको छ ।

ट्याक्टरको अगाडिको भाग पूर्णरुपमा नष्ट भएको र घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रकाशित मिति : २२ कार्तिक २०७७, शनिबार  ६ : ५० बजे

दुबईबाट स्वदेश फर्कदै गर्दा फरार प्रतिवादी विमानस्थलबाटै पक्राउ

काठमाडौँ । बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी दुबईबाट स्वदेश फर्कदै

सुनसरी घटनालगायत विषयमा छलफल गर्न रास्वपाद्वारा सर्वदलीय बैठक आह्वान

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सुनसरी

सुनसरी घटना : शान्ति र सद्भाव कायम गर्न प्रधानमन्त्री कार्यालयको आग्रह

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा

कर्णाली प्रदेशको पाँचौ मुख्यमन्त्रीमा मंगल शाही नियुक्त

सुर्खेत । कर्णालीको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी संसदीय दलका नेता

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा