२९ पुस २०८२, मंगलबार | January 13, 2026

धनुषामा सशस्त्र प्रहरी र तस्कर समूहबीच भिडन्त, ६ प्रहरी घाइते

धनुषा । धनुषा जिल्लाको विदेह नगरपालिका–२ स्थित गोबराही क्षेत्रमा शुक्रबार बिहान सशस्त्र प्रहरी र तस्कर समूहबीच भिडन्त भएको छ । त्यसक्रममा ६ जना सशस्त्र प्रहरी घाइते भएका छन्। मोटरसाइकलमा लुकाइछिपाइ राखिएको अवैध सामानको सूचनाका आधारमा खोजतलासमा खटिएको प्रहरी टोलीमाथि ठूलो संख्यामा रहेको तस्कर समूहले आक्रमण गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताएका छन्…