काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड– १९ का बिरामीको रिफर गर्दा सम्बन्धित अस्पतालसँग समन्वय गर्न निर्देशन दिएको छ । मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले कुनै अस्पताल वा चिकित्सकले बिरामीको रिफर गर्दा सम्बन्धित अस्पताल वा चिकित्सकसँग समन्वय गरेर मात्र रिफर गर्न सबै अस्पताललाई निर्देशन दिएको जानकारी दिए । डा. अधिकारीले समन्वय गर्दा बिरामीलाई सहज हुने…