१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बाजुरामा जीप दुर्घटना १ बालकको मृत्यु, २ जना घाइते



बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा थप दुईजना घाइते भएका छन ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्यामा फालासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जिप दुर्घटना हुँदा सोही ठाउँका चार वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जिप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : १४ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै