११ बैशाख २०८१, मंगलबार | April 24, 2024

बाजुरामा जीप दुर्घटना १ बालकको मृत्यु, २ जना घाइते



बाजुरा । बाजुरामा जिप दुर्घटना हुँदा एक बालकको मृत्यु भएको छ । दुर्घटनामा थप दुईजना घाइते भएका छन ।

बाजुराको बुढीगंगा नगरपालिका वडा नम्बर ४ को बेलकाट्यामा फालासैनीबाट आइरहेको से १ ज ११८० नम्बर जिप दुर्घटना हुँदा सोही ठाउँका चार वर्षीय बालक प्रिन्स मिजारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार दुर्घटनामा दुईजना घाइते भएका छन् । घाइते हुनेमा बुढीगंगा नगरपालिका वडा नम्बर ४ कै २५ वर्षीय कमलबहादुर नेपाली र २४ वर्षीय निरन्जन नेपाली रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । जिप र चालक प्रहरी चौकी बार्जुगाडले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ९ : १४ बजे

सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा

धनगढी । सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् विस्तारमा अन्योल देखिएको छ ।

सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन भुवन शीर्षस्थानमा

काठमाडौं । सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गतको सातौं प्रतियोगिता,

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना