१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मनाङमा थप पर्यटन पूर्वाधार विकास गरिदैं



मनाङ । संस्कृति, पर्यटन तथा उड्डनमन्त्री योगेशकुमार भट्टराईले विश्वकै अग्लो स्थानमा रहेको ताल तिलिचोलगायत अन्य पर्यटकीय गन्तव्यको स्थलगत भ्रमण गरेका छन् ।

काठमाडौंबाट हेलिकप्टर चार्टर गरी यहाँ आइपुगेका उनले तिलिचो स्वर्गको टुक्रा रहेको बताए । उनले स्थलगत अवलोकनका क्रममा थप पर्यटन प्रबद्र्धनका लागि पूर्वाधार विस्तार गर्न तत्काल केही कदम चालिने बताए । उनले एग्रो मनाङ प्रालिको पनि भ्रमण गरेका छन् ।

सात सय ३५ रोपनी क्षेत्रफलको स्याउबारीबाट उत्पादित स्याउ हाल वर्षमा करीब पाँच लाख बिक्री गरिन्छ । केही वर्षपछि करीब २० लाख उत्पादन र बिक्री गर्न सक्ने क्षमता हिमालय स्याउ फार्ममा छ । सांसद पोल्देनछोपाङ गुरूङको नेतृत्वमा स्याउ प्रवद्र्धन भइरहेको जनाइएको छ ।

अन्नपूर्ण र मनास्लु हिमशृङ्खलाको काखमा रहेको मनाङ भौगोलिक विविधता र प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । उनिसँगै सांसद गुरुङ, प्रमुख जिल्ला अधिकारी धु्रव गिरी, स्थानीय जनप्रतिनिधि, नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत धनञ्जय रेग्मी, प्रहरी नायब उपरीक्षक मेखबहादुरलगायत सहभागी थिए ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य भट्टराईको उपस्थिति तथा प्रतिनिधिसभा सदस्य एवं नेकपा गण्डकी प्रदेशका सदस्य एवं जिल्ला कमिटी मनाङका अध्यक्ष गुरुङको अध्यक्षतामा प्रथम पटक नेकपा मनाङ सचिवालय बैठक सम्पन्न भएको नेता चिन घलेले जानकारी दिए । रासस

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ०७ बजे

शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

काठमाडौं । व्यवसायी शेखर गोल्छा एक करोड रुपैयाँ धरौटीमा रिहा

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै