काठमाडौँ । नेपाल मेडिकल काउन्सिलले अबदेखि चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सातवटै प्रदेशबाट गर्ने भएको छ । काउन्सिलका रजिष्ट्रार डा सतिसकुमार देवले चिकित्सकलाई काठमाडौँ आउनुपर्ने झन्झट अन्त्य गर्न अबदेखि सातवटै प्रदेशबाट चिकित्सकको दर्ता प्रमाणपत्र परीक्षा गर्ने निर्णय गरिएको जानकारी दिए । यसअघि चिकित्सकलाई चिकित्सक दर्ता प्रमाणपत्र परीक्षाका लागि काठमाडौँ आउनुपर्दथ्यो । रजिष्ट्रार डा देवले सातवटै प्रदेशमा…