सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा जारी कर्फ्यु आदेश आइतबार बिहान १० बजेदेखि साँझ ७ बजेसम्मका लागि खुकुलो बनाएको छ । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचनाअनुसार पछिल्लो सुरक्षा अवस्थाको समीक्षा गर्दै निश्चित समयका लागि कर्फ्यु खुकुलो बनाइएको हो । प्रशासनले स्थानीय परिस्थितिको थप मूल्यांकनपछि कर्फ्यु थप खुकुलो बनाउने वा पुनः लागू…