काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक सेवाग्राहीको जग्गा हाल साविकको क्रममा ट्रायल चेक गर्दा नक्शाअनुसार क्षेत्रफल बढी भएको भनी सो मिलाउने भन्दै उनीहरुले रु ४० हजार घुस मागेको पाइएको छ…