१४ बैशाख २०८१, शुक्रबार | April 26, 2024

प्रतिनिधिसभा विघटनविरुद्ध आजदेखि जवाफी बहस सुरु



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धका रिटमाथि आजदेखि सर्वोच्‍च अदालतको संवैधानिक इजलासमा जवाफी बहस सुरु हुँदैछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले जवाफी बहसमा निवेदक पक्षका बढीमा पाँचजनालाई बोल्न दिने तयारी गरेका छन ।

विपक्षी सरकारी पक्षको बहस गत बिहीवार सकिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली पक्षका वकिलले इजलासमा उठाएका तर्कमा रिट निवेदक पक्षले आज जवाफ दिनेछन् ।

नेकपाका प्रमुख सचेतक देव गुरुङका तर्फबाट वरिष्ठ अधिवक्ताहरू रमण श्रेष्ठ, शम्भु थापालगायतले जवाफी बहस गर्ने छन । अन्य १२ निवेदकका तर्फबाट क-कसले जवाफ दिने भन्ने इजलासबाट समय दिएपछि मात्र थाहा हुनेछ ।

जवाफी बहस सकिएपछि एमीकस क्यूरीमा रहेका पाँच जनालाई समय दिइने छ । एमिकस क्युरीमा नेपाल बार एसोसिएसनका तर्फबाट बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, सर्वोच्च बार एसोसिएसनका अध्यक्ष पूर्णमान शाक्य र गीता पाठक संग्रौला छन ।

गत पुस ५ गते प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेपछि त्यसविरुद्ध सर्वोच्चमा १३ वटा रिट परेका थिए ।

प्रकाशित मिति : २ फाल्गुन २०७७, आइतबार  ९ : २६ बजे

अर्थ र उर्जामन्त्रीसँग कर्णालीका मुख्यमन्त्रीले राखे ६ बुँदे माग

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले अर्थमन्त्री वर्षमान पुन

चीन भ्रमण गर्ने योजनामा पुटिन

मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित

काठमाडौ । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको

रेशम चौधरीको मुद्धामा मिसिल झिकाउन आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको अभावमा राजनीतिक स्वतन्त्रता प्राप्त हुन सक्दैन् : सञ्चारमन्त्री शर्मा

ललितपुर । सञ्चार, सूचना तथा प्रविधिमन्त्री रेखा शर्माले प्रेस स्वतन्त्रता