काठमाडौं । हिन्दु नेपालीहरुको महान चाड बडादशैँको आज छैटौं दिन । आज माता कात्यायनी भगवतीको पूजा गरिंदैछ । कात्यायनी भगवतीलाई साहसको प्रतीक मानिन्छ । यज्ञयज्ञादि, दान लगायतका पुण्यकर्म तथा शुभकार्य गर्दा आसुरीवृत्तिका राक्षसहरुबाट हुने विघ्न बाधा रोक्न देवी कात्यायनीको यस लोकमा आगमन भएको धार्मिक ग्रन्थहरुमा उल्लेख छ । देवकार्य सिद्ध गर्नका लागि माता भवानी स्वयंम्…