१७ बैशाख २०८२, बुधबार | April 30, 2025

कोरोना संक्रमित थपिनेमा रुपन्देहीलाई पछ्याउँदै बाँके, संक्रमितको संख्या ३ हजार नजिक



नेपालगन्ज । बाँकेका बिभिन्न तीन प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला कोभिड–१९ संकट ब्यवस्थापन केन्द्रका अनुसार बुधबार साँझ सम्ममा बाँकेमा तीन प्रयोगशालाबाट १८ महिला र २० पुरुष गरि थप ३८ जना कोरोना सक्रमित थपिएका छन् ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालाबाट २१ जना, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्रयोगशालाबाट १२ जना र बागेश्वरी डाइग्नोस्टिक एण्ड पोलिक्लिनिक सेन्टर कोहलपुरको प्रयोगशालाबाट पाँच गरि ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रका कोरोना फेकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

बुधबार थपिएसंगै बाँकेमा कोरोना संक्रमित हुनेको कुल संख्या २८४१ पुगेकोछ । बाँकेमा २९ जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भईसकेको छ भने अन्य जिल्लाबाट बाँकेमा उपचारका लागि आएका १५ जनाको पनि उपचारकै क्रममा मृत्यु भइसकेको छ । बाँकेमा कोरोना जित्नेको संख्या २ हजार २ सय २७ पुगेकोछ ।

प्रकाशित मिति : ५ कार्तिक २०७७, बुधबार  ११ : ११ बजे

रेशम चौधरी पक्राउ प्रकरणबारे बोल्यो सर्वोच्च – पत्र अनधिकृत हो, कार्यान्वयन नगर्नु

काठमाडौं । नागरि उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गर्न

राजतन्त्र अब कहिल्यै फर्किंदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र

रेशम चौधरी रिहा गर्न सर्वोच्चले प्रहरीलाई पठायो नयाँ पत्र, अनधिकृत पत्र लेख्ने कर्मचारी पक्राउ

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई पक्राउ गरी

नागरिक उन्मुक्ति पार्टी सरकारबाट बाहिरिँदै

काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारबाट नागरिक उन्मुक्ति बाहिरिने