पर्वत । मंगलबार साँझदेखि लगातार परेको वर्षापछि झरेको पहिरोले मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ सडकखण्ड अवरुद्ध बनेको छ । पर्वतको कुस्मा नगरपालिका–१ सहस्रधारामा निरन्तर पहिरो झरेका कारण गए रातिदेखि नै सडक अवरुद्ध बनेको हो । दुई सातादेखि उक्त स्थानमा निरन्तर पहिरो झरिरहेकाले सामान्य वर्षा हुने बित्तिकै पनि पटकपटक सडक अवरुद्ध हुने गरेको छ । मंगलबार साँझदेखि यस…