२५ श्रावण २०८३, सोमबार | August 11, 2026

पाकिस्तानको पञ्जाबमा वर्षाका कारण घरहरू भत्किँदा १० को मृत्यु

एजेन्सी । पाकिस्तानको पूर्वी पंञ्जाब प्रान्तको चकवाल जिल्लामा शुक्रवार घर भत्किँदा कम्तीमा १० व्यक्तिको मृत्यु भएको छ । उक्त क्षेत्रका उद्धारकर्मीहरूले स्थानीय सञ्चारमाध्यमलाई दिएको जानकारी अनुसार एउटा घरको छत खसी अर्को घरमाथि पर्दा चार जनाको मृत्यु भएको र अन्य थुप्रै घाइते भएका छन् । घटनापछि उद्धार टोलीहरू घटनास्थलमा पुगी मृतक तथा घाइतेहरू भग्नावशेषबाट निकालिएको छ…