२६ भदौ २०८३, शुक्रबार | September 11, 2026

अत्यधिक चिसो भए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन हुन्छ : प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते तोकिएको निर्वाचनमा हिमाली जिल्लामा अत्यधिक चिसोका कारण असहज अवस्था सिर्जना भए दोस्रो चरणमा निर्वाचन गरिने स्पष्ट पारेकी छन्। पूर्वी नवलपरासीको हात्तिखोरस्थित नेपाली सेनाको ब्यारेकमा राष्ट्रिय सेवादल (एनसिसी)द्वारा आयोजित विद्यार्थी तालिम समापन समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन् । प्रधानमन्त्री कार्कीले हिमाली जिल्लामा निर्वाचन सहज बनाउन सरकारले…