नेपालगन्ज । बाँकेका निजी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द भएपछि नेपालगन्जस्थित भेरी अस्पतालमा प्रसूतिका लागि आउने महिलाको चाप अत्यधिक बढ्दै गएको छ । नेपालगन्ज मेडिकल कलेजको कोहलपुरस्थित शिक्षण अस्पताल र नेपालगन्जमा रहेको सञ्जीवनी अस्पतालमा आमा सुरक्षा कार्यक्रम बन्द हुँदा भेरी अस्पतालमा प्रसूतिका लागि आउनेको चाप अत्यधिक बढेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा निराजन सुवेदीले जानकारी दिए…