काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बुधबार विराटनगर किंग्स र चितवन राइनोज आमनेसामने हुने भएका छन् । विराटनगरको कप्तानी सन्दीप लामिछानेले गरेका छन् भने चितवनलाई कुशल मल्लले नेतृत्व गरिरहेका छन् । खेल कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो ४ बजे सुरु हुनेछ । तीन खेल खेलिसकेको विराटनगरले अहिलेसम्म अपराजित यात्रा कायम राख्दै…