काठमाडौं । गणतन्त्र इन्डोनेसियाको ८० औँ स्वतन्त्रता दिवसको अवसरमा आइतबार काठमाडौंमा झन्डोत्तोलन कार्यक्रम सम्पन्न भएको छ । नेपालका लागि गणतन्त्र इन्डोनेसियाका अवैतनिक वाणिज्य दूतको कार्यालय, आइएमई कम्प्लेक्स परिसर, पानीपोखरीमा विशेष समारोहबीच झन्डोत्तोलन गरिएको हो । कार्यक्रममा नेपालका लागि इन्डोनेसियाका अवैतनिक वाणिज्य दूत चन्द्रप्रसाद ढकालले नेपाल-इन्डोनेसियाबीचको सम्बन्ध ऐतिहासिक र सुमधुर रहेको उल्लेख गर्दै यसलाई जनस्तरसम्म विस्तार…