काठमाडौं । काठमाडौंको माइतीघरमा सोमबार ‘जेनजी’ समूहले गरेको प्रदर्शनका क्रममा प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुमति बिना प्रदर्शन गरिएको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको जनाएको छ। मिराज ढुंगानालगायतका ‘जेनजी’ कार्यकर्ताहरू सर्वपक्षीय सरकार गठनलगायतका माग राख्दै आन्दोलनको घोषणा गरेर माइतीघरमा उत्रिएका थिए। तर, प्रशासनबाट अनुमति नलिइकन प्रदर्शन गरिएको कारण प्रहरीले हस्तक्षेप…