११ बैशाख २०८३, शुक्रबार | April 24, 2026

‘कुलिङ अफ पिरियड’ विवादपछि कांग्रेस सांसद रामहरि खतिवडाको समिती सभापति पदबाट राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको सभापति पदबाट राजीनामा दिएका छन् । संघीय निजामती सेवा विधेयकमा ‘कुलिङ अफ पिरियड’ व्यवस्था कमजोर हुने गरी संशोधन पारित गराउन भूमिका खेलेको आरोपमा उनीमाथि नैतिक प्रश्न उठेको थियो । पार्टीभित्रैबाट बढ्दो दबाबपछि मंगलबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै खतिवडाले पद त्यागको घोषणा गरेका…