१० चैत्र २०८२, मंगलबार | March 24, 2026

संयम, विश्वसनीयता र पुस्तान्तरणको बहसबीच उभिएकी उम्मेदवार – कल्पना शर्मा

काठमाडौं । काठमाडौं-५ यतिबेला केवल चुनावी प्रतिस्पर्धाको मैदान मात्र होइन, राजनीतिक विश्वसनीयताको परीक्षणस्थल बनेको छ। प्रतिनिधिसभाका पूर्वउम्मेदवार प्रणय राणाको राजीनामापछि देखिएको तरंग, त्यससँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)भित्र संस्थापक क्षेत्रीय संयोजकसहित १४ जनाको सामूहिक बहिर्गमन - यी घटनाले यहाँको समीकरणलाई एकाएक हल्लाइदिएको छ। उम्मेदवार छनोट प्रक्रियामा आर्थिक अनियमितताको आरोप र आन्तरिक लोकतन्त्रप्रतिको असन्तुष्टि सार्वजनिक भएसँगै चुनावी…