१६ बैशाख २०८३, बुधबार | April 29, 2026

६१ किलो सुन तस्करी प्रकरणमा आरोपित अमला रोक्का पक्राउ

काठमाडौ। सुन तस्करी प्रकरणमा फरार अमला रोक्का पक्राउ परेकी छिन् । ६१ किलो सुन तस्करी प्रकरणमा फरार रहेकी रोक्कालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले काठमाडौंको टोखाबाट पक्राउ गरेको हो । अमला सुन तस्करीमै पक्राउ परेका बेल्जियमका नागरिक दावा छिरिङकी श्रीमती हुन्।