११ भदौ २०८३, बिहिबार | August 27, 2026

नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस आज मनाइँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८ औँ स्मृति दिवस आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । स्मृति दिवसका अवसरमा नेकपा (एमाले) राजधानी प्रदेश कमिटीले विशेष कार्यक्रम आयोजना गरेको छ । यसैगरी नेपाल कम्युनिस्ट पार्टीसहित विभिन्न वामपन्थी दल तथा संगठनहरूले पनि पुष्पलालको योगदानको स्मरण गर्दै विविध कार्यक्रम गर्ने भएका छन्…