काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा नेपालले आज आयोजक नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । पहिलो खेलमा नामिबियासँग आठ विकेटले पराजित भएको नेपाल दोस्रो खेलमा जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने लक्ष्यमा रहेको छ । नेपाली समयअनुसार दिउँसो २ः४५ बजे नेदरल्यान्ड्सको उट्रेख्तस्थित मैदानमा सुरु हुने खेल नेपालका लागि निकै महत्त्वपूर्ण मानिएको छ । शीर्ष…