काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका सभापति भरत पराजुली नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। सर्लाहीमा आयोजित कार्यक्रममा कांग्रेसका सभापति गगन थापाले पराजुलीलाई पार्टीमा स्वागत गरेका हुन्। पराजुलीले आज बिहान मात्रै रास्वपा मकवानपुरको जिल्ला सभापति पदबाट राजीनामा दिएका थिए। यसअघि कांग्रेसबाटै राजनीतिमा सक्रिय रहेका पराजुली केही समयअघि रास्वपामा प्रवेश गरेका थिए। तर, रास्वपाभित्र काम र…