३१ भदौ २०८३, बुधबार | September 16, 2026

बुटवलमा भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूको प्रदर्शन (फोटोफिचर)



बुटवल । रुपन्देहीका भूमिहीन सुकुमवासी र अव्यवस्थित बसोबासीहरूले चरणबद्ध आन्दोलनको कार्यक्रम अन्तर्गत आज बुटवलमा प्रदर्शन गरेका छन् । भूमिहीन सुकुमवासी तथा अव्यवस्थित संघर्ष समितिको आह्वानमा बुटवलमा प्रदर्शन भएको हो ।

राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन मिलनचोक-अस्पताल लाइन हुँदै ट्राफिक चोकतर्फ अघि बढेको छ । प्रदर्शनकारीहरुले बालेन्द्र सरकार विरुद्ध चर्का नारा लगाउका छन् । उनीहरुले बालेन्द्र शाहलाई सरकार छाड्न माग गर्दै सरकारले चलाएको ‘डोजर आतंक’को चर्को विरोध गरेका छन् ।

ट्राफिक चोकमा पुगेर कोणसभा हुने र प्रदर्शनकै क्रममा जिल्लाका स्थानीय तह तथा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाइने कार्यक्रम रहेको भूमिहीन सुकुमवासी तथा अव्यवस्थित संघर्ष समितिले जनाएको छ ।

उनीहरुले विगतमा नापजाँच भइसकेका जग्गाको लालपुर्जा तत्काल उपलब्ध गराउन माग गर्दै राज्यले ‘डोजर आतंक’ मच्चाएको आरोपसमेत लगाउँदै आएका छन् ।

प्रदर्शनलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले बुटवलमा ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  २ : ५७ बजे

सर्वदलीय बैठक : संसद भित्र र बाहिर छुट्टाछुट्टै उच्चस्तरीय सर्वदलीय संयन्त्र बनाउने निर्णय

काठमाडौं । सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय

परराष्ट्रमन्त्री खनालसँग भारतीय राजदूत श्रीवास्तवको बिदाइ भेट

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि भारतका राजदूत नवीन

सार्वजनिक यात्रुवाहक सवारीसाधनको दर्ता खुला

काठमाडौँ । यातायात व्यवस्था विभागले सार्वजनिक यात्रुवाहक सवारीसाधनको निश्चित सीमा

लुम्बिनीका नवनियुक्त प्रमुख सचिव कुँवरले सम्हाले जिम्मेवारी

दाङ । लुम्बिनी प्रदेशमा पदस्थापन हुनुभएका प्रमुख सचिव विनोदबहादुर कुँवरले

निक्षेप सङ्कलनका लागि बोलकबोल आह्वान

काठमाडौँ । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ६०