पोखरा । विपक्षी गठबन्धनले बहुमत पुर्याउन नसकेपछि गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता पृथ्वी सुब्बा गुरुङ पुनः मुख्यमन्त्री बनेका छन् । यसअघि दुई तिहाई बहुमतको मुख्यमन्त्री बनेका गुरुङ अहिले भने अल्पमतको दलको मुख्यमन्त्री बनेका हुन् । अपरान्ह ४ बजेअघि विपक्षी चार दलले गठबन्धनको दाबी सहित प्रदेश प्रमुखको कार्यालयमा पत्र दर्ता गरेपनि जनमोर्चाभित्रको विवादका कारण प्रदेश…