१८ माघ २०८२, आइतबार | February 1, 2026

जनमोर्चाको गण्डकी प्रदेशसभा संसदीय दलको नेताबाट कृष्ण थापा निस्काशित

पोखरा । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशसभाका संसदीय दलका नेता कृष्ण थापालाई कारवाही गरेको छ । जनमोर्चाका महासचिव मनोज भट्टले प्रदेशसभा सचिवालयलाई थापालाई दलको नेताबाट हटाएको पत्र बुझाएका छन् । पार्टीको निर्देशन अवज्ञा गरेका कारण थापालाई आजै बसेको जनमोर्चा केन्द्रीय कमिटीको जुम बैठकले दलको नेताबाट हटाई अन्य आवश्यक कारवाही प्रक्रिया अघि बढाएको भट्टले उल्लेख गरेका छन्…