२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

बास्ना गुमाउँदै पोखरेली ‘जेठोबुढो’

पोखरा । “खेतका फाँटहरुमा धानको बाला लाग्न थालेपछि मगमग बास्ना आउँथ्यो, घरमा भात पकाउँदा बाहिरसम्म बसाउँथ्यो तर अहिले खै कता हरायो जेठोबुढोको बास्ना ?” पोखरा महानगरपालिका–२३ घाँटीछिनाका ५३ वर्षीय लोकबहादुर गुरुङले भने । “एउटा घरमा जेठोबुढो पकाउँदा टोलमै मगमग बास्ना आउँथ्यो । पहिला गाईवस्तुकै मलले खेतीपाती लगाउन पुग्थ्यो, तर अहिले बाहिरबाट रासायनिक मल भन्दै थुप्रै…