३ श्रावण २०८३, आइतबार | July 20, 2026

प्रदेश स्थापनाको अवसरमा भोलि गण्डकी प्रदेशमा सार्वजनिक बिदा

पोखरा। गण्डकी प्रदेशले भोलि सार्वजनिक बिदा दिएको छ। मन्त्रिपरिषदको निर्णयअनुसार माघ २२ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिव सुरणप्रसाद शर्मा पौडेलले जानकारी दिए। गण्डकी प्रदेश स्थापनाको अवसरमा सरकारले प्रदेशभर सार्बजनिक बिदा दिने निर्णय गरेको हो।