बुटवल । संसदीय राजनीति गरिरहेका ३ राजनीतिक दलसँग सहकार्य गर्दै समाजवादी मोर्चामा सहभागी भएको विप्लव नेतृत्वको नेकपाले रुपन्देहीको भैरहवामा मिटरब्याजीमा लगानी गर्ने एक ब्यापारीको घर कब्जा गरेको घोषणा गरेको छ । मिटरब्याज मार्फत् किसानहरूलाई ठगेको भन्दै विप्लव नेतृत्वको नेकपाले सिद्धार्थनगर नगरपालिका-५ भैरहवा मिलनचोकस्थित रमानन्द बानियाँको घर कब्जा गरेको घोषणा गरेको हो । आज मध्यान्ह सो…