२३ भदौ २०८३, मंगलबार | September 8, 2026

नेपालगन्जको न्यूरोडको अघोषित कोठीमा प्रहरीको छापा, अर्धनग्न १६ युवायुवती पक्राउ



नेपालगन्ज । लामो समयबाट अघोषित कोठीकारुपमा संचालन हुँदै आएको नेपालगन्ज बुद्ध गुम्बा अगाडिको एक कच्ची घरबाट १६ जना युवा युवती पक्राउ परेका छन् । नेपालगन्ज उप–महानगरपालिका वडानम्वर २ न्यूरोड गुम्बा अगाडि सञ्चालनमा रहेको अघोषित कोठीबाट आईतबार सांझ बांके प्रहरीले ५ जना युवती र ११ जना पुरुष पक्राउ गरेको हो ।

कच्ची घरको एउटै कोठामा २०/२२ बर्षका ५ जना युवती र ११ जना नग्न अवस्थाका भारतीय सहितका पुरुषहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पटक पटक स्थानीबासीले बिरोध गर्दै आएपनि सो स्थानमा यौन धन्दा चल्दै आएको थियो । स्थानीयको पटक पटकको गुनासो आएसँगै आइताबार प्रहरीले सो घरमा छापा मारेको थियो ।

पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान सुरु गरिएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले बताए । अघिल्लो वर्ष पनि सोही स्थानमा यौन धन्दा भएको भन्दै जनप्रतिनिधि सहितको स्थानीय गएर होटलमा ताला लगाइदिएका थिए ।

प्रकाशित मिति : १८ असार २०८०, सोमबार  ९ : ३८ बजे

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

माइतीघरमा महिलाले गरिन् आत्मदाहको प्रयास, वीर अस्पताल लगियो

काठमाडौं । काठमाडौंको माइतीघरमा आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास

देशमा सुशासन कायम हुनेछ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मुलुकमा सुशासन कायम हुने विश्वास