दाङ । लुम्बिनी प्रदेशसभाले ‘थारू समुदायका प्रथाजनित परम्पराको संरक्षण तथा प्रवर्द्धनसम्बन्धी विधेयक, २०८३’ सर्वसम्मत रूपमा पारित गरेको छ । बुधबार राति बसेको प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत १८ औँ बैठकमा सामाजिक विकासमन्त्री जन्मजय तिमिल्सिनाले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । सभामुख तुलाराम घर्तीमगरले उक्त प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेपछि विधेयक सर्वसम्मत रूपमा पारित भएको घोषणा…