बुटवल । बुटवल उपमहानगरका मेयर खेलराज पाण्डेयसँग कुरा नमिलेर प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद भुसाल काठमाडौं हानिएपछि खाली भएको उपमहानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको कुर्सीमा मन्त्रालयले अहिलेसम्म कसैलाई नपठाएपछि उपमहानगरको कारकारवाहीमा गम्भीर असर परेको छ । कुरा नमिलेर काठमाडौं फिर्ता भएको एक महिना बढी हुँदा पनि नयाँ प्रशासकीय अधिकृत नपठाएपछि उपमहानगरको आर्थिक कामकारवाहीमा असर परेको हो…