चितवन । नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोख्रेलले सञ्चार संस्था जोगाउने दायित्व स्थानीय सरकारको रहेको बताएका छन् । साप्ताहिक सञ्जाल नेपाल चितवनको प्रथम अधिवेशनलाई आज यहाँ सम्बोधन गर्दै उनले सञ्चार संस्थाको संरक्षण र प्रवर्द्धन गर्ने दायित्व स्थानीय सरकारको भएको बताएका हुन् । अध्यक्ष पोख्रेलले भने, “सञ्चारमाध्यमले जनता र स्थानीय सरकार दुवैलाई झकझकाउने काम गर्ने भएकाले…