२ बैशाख २०८३, बुधबार | April 15, 2026

स्थानीयतहमा जनस्वास्थ्य अधिकृतकालागि अविलम्ब विज्ञापन खोल्न प्रजातान्त्रिक जनस्वास्थ्य संघको माग

बुटवल । स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको विज्ञापन लोकसेवाको माध्यमबाट गर्न प्रजातान्त्रिक जनस्वास्थ्य संघले माग गरेको छ। प्रजातान्त्रिक नेपाल जनस्वास्थ्य संघ, लुम्बिनीको आज बुटवलमा बसेको बैठकले स्थानजीयतहमा जनस्वास्थ्य अधिकृतहरुको विज्ञापन गरि पदपुर्ति गर्न माग गरेका हो । बैठकमा लुम्बिनी प्रदेशका जनस्वास्थ्य कर्मीहरुको समस्याहरुको पहिचान गर्नुका साथै जनस्वास्थ्य कर्मीहरुको रोजगारीको ब्यबस्थापनको विषयमा छलफल भएको संघले जनाएको छ…