नेपालगन्ज । समावेशी प्यानलले नेपालगन्ज उद्योग वाणिज्य संघको आगामी २ भाद्रमा हुन लागेको निर्वाचनमा आफ्नो प्यानलमा मतदान गर्न आममतदाता तथा उद्योगी व्यवसायीहरुसँग अपिल गरेको छ । समावेशी प्यानलका संयोजक र्ईश्वरप्रसाद पोखरेल, नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्षद्वय कृष्णप्रसाद श्रेष्ठ र नन्दलाल वैश्यको संयुक्त हस्ताक्षरमा अपिल जारी गर्दै समग्र बाँके क्षेत्रको प्रतिनिधित्व हुने सानादेखि ठूला व्यापारिक घरानासम्मका…