दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सरकार महिलाको सशक्तिकरण एवं उनीहरुको आर्थिक अवस्था सुधार्न लागिपरेको बताएका छन् । नेपाल महिला सङ्घ दाङले आज घोराहीमा आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा उनले महिलाको जीवनस्तर सुधार गर्ने कार्यक्रम ल्याउन सरकार लागिपरेको बताए । मुख्यमन्त्री चौधरीले लुम्बिनी प्रदेश सरकार प्रदेशका महिला तथा सिमान्तकृत समुदायको जीवनस्तर सुधार…