२९ भदौ २०८३, सोमबार | September 14, 2026

गण्डकीमा मन्त्रालयको कार्य विभाजन हेरफेर हुने, एकदुई दिनमै मन्त्रिपरिषद् विस्तार

पोखरा । गण्डकी प्रदेशमा मन्त्रालयको कार्य विभाजन हेरेफेर हुने भएको छ । मन्त्रालयको सङ्ख्या भने सातभन्दा नबढ्ने प्रदेश सरकारले प्रष्ट पारेको छ । अघिल्लो सरकारले मन्त्रालयको सङ्ख्या १२ बाट घटाएर सातमा झारेको थियो । नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रालय घटाउँदा कार्य विभाजन नमिलेको देखिएकाले केही परिमार्जन गर्न लागिएको बताए । “मन्त्रालयको सङ्ख्या सात नै रहन्छ,…