बुटवल । लुम्बिनी प्रदेशका पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी प्रदेशमा धार्मिक पर्यटकहरूको सम्भावना धेरै रहेको बताएका छन् । उनले लुम्बिनी प्रदेशमा रहेको लुम्बिनी, रुरु क्षेत्र, स्वर्गदारी जस्ता महत्पूर्ण धार्मिक क्षेत्रमा थप आन्तरिक र बाह्य पर्यटक भित्राउन लागि सरकारले काम गर्ने भन्दै पर्यटनलाई हरेक क्षेत्र सँग जोडेर अगाडि जान लागेको बताए ।…