बुटवल । तिलोत्तमा नगरपालिकाले मातृशिशु स्वास्थ्य प्रवद्र्धनको लागि जारी ‘गर्भवतीसँग नगर उप–प्रमुख कार्यक्रम’ लाई परिमार्जन गर्दै जतिपटक गर्भ जाँच त्यती नै पटक उपहार दिने योजना सञ्चालन गरेको छ । नगरपालिकाले गत वर्षबाट सुरु गरेको कार्यक्रमलाई थप प्रभावकारी बनाउन परिमार्जनसहित चालू आर्थिक वर्षमा निरन्तरता दिएको हो । परिमार्जित कार्यक्रमअनुसार गर्भावस्थामा नियमित चार पटक सरकारी स्वास्थ्य संस्थामा…