सुर्खेत ।नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले वितरण गर्ने तयारी गरेको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम रोक्न सरकारलाई सिफारिस गरेको छ । आर्थिक वर्ष सकिनै लाग्दा मन्त्रालयले झण्डै तीन करोड अनुदान वितरण गर्न थालेपछि दलले कार्यक्रम रोक्न सिफारिस गरेको हो । संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहले…