५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कोरोनाका कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन गर्ने क्रममा पोखरामा झडप



पोखरा । पोखरामा कोरोनाबाट मृत्यु भएका ब्याक्तिको शव व्यवस्थापन गर्ने क्रम प्रहरी बिटमा ढुङगामुढा गरेपछि झडप भएको छ ।

स्याङजा आधीखोला गाउपालिकाका एक ब्याक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो राती मृत्यु भएपछि उनको शव व्यवस्थापनका लागी पोखरा महानगरको ३२ नम्बर वडामा पर्ने मजुवामा ठाउ तय गरिएको र त्यस ठाउमा कोरोनाबाट मृत्यु भएकाको शव ब्यवस्थापन गर्न नहुने भन्दै स्थानियको अवरोधसँगै प्रहरी बीटमा ढुंगामुढा प्रहार गरेपछि प्रहरी र स्थानिय बीच झडप भएको हो ।

भीड नियन्त्रणका लागी ससस्त्र प्रहरीले आठ राउण्ड हवाइ फायर गरेको थियोभने स्थानियलाई तितरवित पारेपछि उक्त स्थानमा नेपाली सेनाले शव व्यवस्थापन गरिएको कास्कीका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिए ।

हमालका अनुसार पोखरा महानगरले शव व्यवस्थापनको लागी पोखरा ३२ को मजुवामा ठाउ तय गरेपछि स्थानियहरुले सकडमा टायर बालेर अवरोध गरेपछि उक्त भीडलाई हटाउने क्रममा झडप भएको थियो । झडपका क्रममा ३ वटा मोटरसाइकलमा समेत क्षती पुगेको छ ।

यसअघि पनि कोरोनाका कारण स्याङजाका एक व्यक्तिको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसन वार्डमा मृत्यु भएपछि शव व्यवस्थापन गर्ने क्रममा पोखराको ११ र २० नम्बर वडाका स्थानियहरुले अवरोध गर्दा झडप भएको थियो ।

प्रकाशित मिति : ११ असार २०७७, बिहिबार  ४ : ०५ बजे

स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने

काठमाडौँ । ‘हेलो सरकार’मा प्राप्त हुने स्थानीय तहसम्बन्धी जनगुनासा मुख्यसचिवमार्फत

इरानसँग दश दिनको युद्धविराम गर्ने कि इजरायलसँगको नयाँ सैन्य अभियानलाई समर्थन गर्ने ? दोधारमा ट्रम्प

तेहरान । वासिङ्टन र तेहरानबिचको द्वन्द्व तीव्र हुँदै जाँदा मध्यपूर्वमा

शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक

महेन्द्रनगर । शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान