नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा रासायनिक मल अभाव देखिएको छ । यहाँ माग अनुसारको मल आपूर्ति हुन सकेको छैन । नजिकिँदै गरेको धानको बीउ राख्ने समय र धान रोप्ने कार्यमा किसानलाई समस्या हुने सुस्ता १ फेचुवाका किसान दीपेन्द्र चौधरी बताउनुहुन्छ । धानको बीउ राख्नका लागि खेतमा पोटास, युरिया, डिएपीलगायत मल आवश्यक पर्छ ।…