४ असार २०८२, बुधबार | June 18, 2025

झापामा जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीयमाथि शसस्त्र प्रहरीबाट हवाईफायर



झापा । जवरजस्ती नेपाल प्रवेश गर्न खोज्ने भारतीय नागरिकमाथि सशस्त्र प्रहरीले झापामा हवाई फायर गरेको छ ।

झापास्थित नेपाल–भारत सीमाबाट हुल बाँधेर आएका भारतीयले प्रहरीमाथि नैआक्रमण गर्दै जबर्जस्ती नेपाल छिर्न खोजेपछि सशस्त्र प्रहरीले हवाई फायर गरेको हो । सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीले दुई राउन्ड हवाई फायर गरेपछि भारतीयहरु भागेको झापाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो ।

कोइरालाका अनुसार एक सय जनाजतिको संख्यामा आएका भारतीय नागरिकले झापाको झापा गाउँपालिका वडा नम्बर ४, टागन डुब्बास्थित सीमा नाकाबाट जबर्जस्ती प्रवेश गर्न खोजेका थिए । ‘सशस्त्र प्रहरीले रोक्न खोज्दा उल्टै आक्रमणको प्रयास भएपछि हवाई फायर गरेर भगाइएको हो’ कोइरालाले भन्नुभयो ।

नेपाल भारत सीमा नाका विगत ४३ दिनदेखि बन्द रहेको छ ।

प्रकाशित मिति : २३ बैशाख २०७७, मंगलबार  ९ : ४३ बजे

रामघाट सुर्खेतमा व्यावसायिक लिचीमा आकर्षण

सुर्खेत । सुर्खेतको भेरीगङ्गा नगरपालिका रामघाटका किसान पछिल्लो समय व्यावसायिक

आज दिगो ‘ग्याट्रोनोमी’ दिवस

काठमाडौं । आज जुन १८, विश्वभर दिगो ग्यास्ट्रोनोमी दिवस मनाइँदैछ

कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको आकस्मिक केन्द्रीय समिति बैठक आज बस्दैछ

म्याग्दीको लेकगाउँमा ‘एक घर एक धारा’ खानेपानी विस्तार

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङको लेकगाउँमा ‘एक घर, एक