७ जेष्ठ २०८१, सोमबार | May 20, 2024

गृहजिल्लामा योगेश भट्टराईलाई कालो झन्डा

ताप्लेजुङ । ताप्लेजुङमा नेकपा एमाले सचिव योगेशकुमार भट्टराईलाई कालो झन्डा देखाइएको छ । आफ्नै निवासअगाडि एमाले सचिव भट्टराईलाई पहिचानवादी समूहका नेता–कार्यकर्ताले कालो झन्डा देखाएका हुन् । एमालेले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गृहजिल्ला आएका भट्टराईलाई कालो झन्डा देखाउँदै उनीहरुले नाराबाजीसमेत गरे । पहिचान पक्षधरले कोशी प्रदेश नामको खारेजी हुनुपर्ने, साथै किराँत राज्य हुनुपर्नेलगायतका माग गर्दै…