९ माघ २०८१, बुधबार | January 22, 2025

‘सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्ने अवस्था हुनुहुँदैन’



सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले जनताले सूचना माग्दा प्रशासनिक संयन्त्र भाग्नुपर्ने अवस्था अन्त्य हुनुपर्ने बताएका छन् ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित प्रदेश मन्त्रालय र स्थानीय तहका प्रवक्ता तथा सूचना अधिकारीसँगको अन्तरक्रियामा उनले सही सूचना दिएर जनता सुसूचित हुन पाउने संवैधानिक हकको सम्मान गर्न आग्रह गरे ।

“कसले, कहाँ र के कमजोरी गरेको छ भनेर जनताले थाहा पाउने माध्यम सूचना नै हो । सही सूचनाले कमजोरी गर्नेलाई समयमा सच्चिने अवसर पनि आउँछ”, उनले भने,“सरकारले गरेका काम जति जनतामाझ पु¥याउन सक्यो त्यति नै गलत प्रवृत्तिको अन्य पनि हुन्छ ।”

कर्णाली प्रदेश सरकारले सूचना लुकाउनुपर्ने गरी कुनै पनि काम नगरेको दाबी गर्दै मुख्यमन्त्री कँडेलले प्रदेश सरकार सुशासन, पारदर्शिता कायम गर्न र भ्रष्टाचार अन्त्य गरी विकृति एवं विसङ्गति अन्त्य गर्ने काममा लागेको जिकिर गरे ।

प्रकाशित मिति : २६ पुस २०८१, शुक्रबार  ४ : ०३ बजे

जिल्ला अदालत रुपन्देहीमा हाजिर भए रवि लामिछाने

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जिल्ला

झापामा छ महिनामा दुई सय १३ जना पक्राउ

झापा । चालु आर्थिक वर्षको छ महिनामा झापा प्रहरीले लागुऔषध

आर्थिक विकासका निम्ति सबै पक्ष लाग्नुपर्नेमा उपप्रधानमन्त्रीको जोड

बागलुङ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक विकासका

चिसो बढेपछि नेपालगञ्जका शैक्षिक संस्था बन्द

बाँके । चिसो बढेपछि नेपालगञ्जका सामुदायिक र संस्थागत विद्यालयमा तीन

बागलुङको जैमिनिघाटमा पर्वत जोड्ने मोटरेवल पुल निर्माण सम्पन्न

बागलुङ । कालीगण्डकी नदीमा रु १३ करोड १२ लाख ४९