नेपालगन्ज । बाँके प्रहरीले १२ किलो लागु औषध चरेस सहित २ जनालाई पक्राउ गरेको छ । बाँकेको कोहलपुरको एक होटलबाट प्रहरीले १२ किलो चरेस सहित २ जनालाई पक्राउ गरेको हो । कोहलपुर चप्परगौडी स्थित न्यू सुदुरपश्चिम बाजुरा स्टाफ होटल कोठामा बसिरहेका २ जनाबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।…